मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

कोरोनाभाइरसका कारण नेपालमा दुई जनाको मृत्यु

दैनिक नेपाल २०७७ जेठ ४ गते १६:४७

काठमाडौँ, ४ जेठ । नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोभिड १९ को संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले युवकको मृत्यु पनि कोरोनाभाइरसका कारण भएको पुष्टि गरेका हुन् । यसअघि शनिबार सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको पनि कोरोनाकै कारण मृत्यु भएको थियो ।

ति युवकको भेरी अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको हो । आइतबार मृत्यु भएका युवा रोजगारीका लागि भारतको मुम्बई गएका थिए ।

वैशाख ३० गते नेपाल आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो । उनी बसेकै क्वारेन्टिनमा अरु ३८ जना रहेको पनि जनाइएको छ ।

नेपालमा हालसम्म २ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित