३ कार्तिक २०८३, मंगलबार

मन्त्री पुनद्वारा १ करोड ११ लाखको चेक हस्तान्तरण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ जेठ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रमार्फत प्राप्त १ करोड ११ लाख, ११ हजार १ सय ११ रुपैयाँ बराबरको आर्थिक सहयोग प्रधानमन्त्री कार्यालयअन्तर्गतको कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण तथा उपचारका लागि गठित राहत कोषमा हस्तान्तरण गरेका छन् ।

मन्त्री पुनले प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीलाई ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

त्यस क्रममा मन्त्री पुनले कोषमा जम्मा भएको रकम महामारी रोकथाम तथा नियन्त्रणका लागि आवश्यक परेका पालिकाहरुमा पठाउने कार्य सुरु गर्न सुझाव दिए ।

सचिव बिडारीले हालसम्म कोषमा २ अर्ब २६ करोड रुपैयाँ जम्मा भइसकेको जानकारी दिए । उनले माग भई आएको अवस्थामा कोषबाट पालिकाहरुमा रकम पठाउन सकिने बताए ।

हालसम्म केही पालिकाले मौखिक रुपमा रकम माग गरेको भन्दै उहाँले तालुकदारसंघीय मामिता तथा स्थानीय विकास मन्त्रालयमार्फत प्रक्रियागत रुपमा पालिकाहरुले कोषको रकम माग गर्न सक्ने स्पष्ट गरे ।

महामारीबाट कम प्रभावित र आन्तरिक श्रोत परिचालन गर्न सक्ने पालिकाहरुका लागि कम र अतिप्रभावित तथा आन्तरिक श्रोत कम भएका पालिकाहरुका लागि बढी प्राथमिकतामा राखेर रकम पठाइँने उनको भनाइ थियो ।

संघीय सरकारले पालिकाहरुले क्वारेन्टिन निर्माण, क्वारिन्टिनमा राखिएकाहरुको खानपिन तथा उपचारका लागि आफूसँग मौज्दात रकमबाटैै खर्च गरे पनि पछि भुक्तानी दिइने व्यवस्था मिलाएको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तमार्फत शुक्रबार उक्त रकम बराबरको चेक कोरोना कोषलाई उपलब्ध गराएका हुन् । चेक बुझेपछि मन्त्री पुनले आफैं समस्यामा रहेका बेला समेत दायित्वबोध गरेर कोरोनाविरुद्धको सरकारी अभियानमा ऐक्यबद्धता जनाएकामा इपानलाई धन्यवाद दिए ।

इपानले आफू सम्वद्ध ६६ जना व्यवयासीबाट व्यक्तिगत रुपमा रकम संकलन गरी रकम जम्मा गरेको जनाएको छ ।