
काठमाडौँ, ४ जेठ । प्रेस लेखेको मोटरसाइकल सवार दूई जनालाई हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको विष्णु गाउँपालिका ३, विश्वनाथ टोलबाट प्रेस लेखेको मोटरसाइकल चढेका दुई जनाको साथबाट दुई थान पेस्तोल, ६ राउण्ड गोली र एकथान म्यागाजिन बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा स्थानीय २५ वर्षीय मदन साह कानु र भारतको सितामढी बस्ने १९ वर्षीय अनिष साह रहेका छन्।
प्रेस लेखेको बीआर ३० एम ६७८७ नम्बरको मोटरसाइकलसहित अपरिचित व्यक्तिहरू लुकीछिपी बसेको भन्ने खबर पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।















प्रतिक्रिया