३ कार्तिक २०८३, मंगलबार

जुत्ता र कपडासहित गाडिएको अवस्थामा युवकको शव फेला, हत्या भएको आशंका

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३ जेठ । पोखरामा एक युवकको शव मकैबारीमा गाडिएको अवस्थामा भेटिएको छ । शव प्रहरीले ४ फिट खनेपछि फेला पारेको थियो । पोखरा १४ समिनतारा निवासी २२ वर्षीय युवक विमल रानाभाटको शव सडेको अवस्थामा भेटिएको हो ।

पहरीका अनुसार गाडिएको शव जुत्ता समेत नखोलेको र कपडासहित सुताएर गाडेको अवस्थामा फेला परेको जनाएको छ । प्रहरीलाई हत्या गरि युवकलाई मकैबारीमा गाडिएको छ भन्ने सूचना प्राप्त भएको थियो ।

प्रहरीले पाएको सूचनामा विमललाई स्थानीय ज्ञानबहादुर परियारले झण्डै १ महिनाअघि घनले हानेर हत्या गरेको जनाएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले ४ जना स्थानीय युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा १४ समिनताराका २१ वर्षीय ज्ञानबहादुर परियार, १८ वर्षीय संजय दर्जी, १८ वर्षीय कुमार परियार र बाग्लुङको गल्कोट घर भई अहिले पोखरा १४ समिनतारा बस्ने १९ वर्षीय सागर परियार रहेका छन् ।

छोराका शव त्यसरी भेटिँदामात्रै मृतक विमलको आमा र प्यारालाइसिस भएका बुबाले थाहा पाएको प्रहरीले जनाएको छ ।

मृतक युवक मादक पदार्थ सेवन गर्दै हत्या आरोपित ज्ञानबहादुर नहुँदा पनि उनको घरमा जाने गरेको बताइएको छ ।

शंकाकै भरमा ज्ञानबहादुरले विमलको हत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ ।