३ कार्तिक २०८३, मंगलबार

कोरोना देखिएकी मृतक महिलाका आफन्तको स्वाब संकलन गरिँदै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ जेठ । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाका परिवारको स्वाब संकलन गर्न थालिएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको बिहीबार राती उपचारका क्रममा मृत्यु भएको थियो ।

स्वासप्रस्वासमा समस्या र ज्वरो देखिएपछि धुलिखेल अस्पतालले महिलाको कोरोना परीक्षण गरेको थियो । उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । थप परीक्षणका लागि टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

ति महिलाको श्रीमान, सासु र नन्दको स्वाब संकलन गरिएको छ । ती महिला वैशाख २३ गते टिचिङ अस्पतालमा भर्ना भएकी थिइन् । वैशाख २४ मा सुत्केरी भएर अवस्था सामान्य भएपछि २५ गते उनीहरु सिन्धुपाल्चोक गएका थिए ।

स्वास्थ्य मन्त्रालयले कोरोना हो होइन भन्नेबारे आवश्यक सबै विवरण र परीक्ष्णको सम्पूर्ण रिपोर्टपछि आधिकारिक जानकारी दिने जनाएको छ ।