३ कार्तिक २०८३, मंगलबार

दाङमा पहिलोपटक एकैचोटी ३ जनामा कोरोना संक्रमण

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ जेठ । दाङमा पहिलो पटक एकैचोटी ३ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलुका जारी गरेको विज्ञप्तिमा थप ९ जना संक्रमितमध्ये ३ जना दाङका रहेका छन् ।

दाङको गढवा गाउँपालिका वडा नम्बर ३ र ४ तथा तुलसीपुर उपमहानगपालिका वडा नम्बर ७ निवासी २३, २६ र ३४ वर्षीय युवक रहेका छन् ।

यससँगै नेपालका तराईका २० मध्ये १८ जिल्लामा कोरोना संक्रमण देखिएको छ । त्यसैगरी पछिल्लो संक्रमितका काठमाडौँका ७ वर्षीय बालक रहेका छन् । त्यस्तै, पर्सामा ९ र १० वर्षका दुई जना बालकहरुमा पनि संक्रमण देखिएको छ ।

आजै विहान ९ जनामा पनि कोरोना देखिएको थियो । हालसम्म नेपालमा २६७ जनाका कोरोना पुष्टि भइसकेको छ ।