
काठमाडौँ, २ जेठ । नेपालका कोरोनाभाइरस संक्रमितको संख्या २६७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विज्ञप्तिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमित पर्सा, उदयपुर, दाङ र काठमाडौँका रहेका छन् ।
उनीहरुमा ७ वर्षीय बालकदेखि ४७ वर्षीयसम्मका रहेका छन् । ७, ९ र १० वर्षका ३ जना बालक रहेका छन् । पर्सामा दुई बालकसहित ४ जना, उदयपुरमा २ जना, दाङमा दुइ जना र काठमाडौँमा १ जना ७ वर्षीय बालक रहेका छन् ।
उनीहरुको स्वास्थ्य अहिले सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् । यसअघि आजै विहान ९ जनामा कोरोना पुष्टि भएको थियो । आज एकैदिनमा १८ जना संक्रमित भएका छन् ।
















प्रतिक्रिया