३ कार्तिक २०८३, मंगलबार

काठमाडौँ महानगरपालिकाका ३१ कर्मचारीको आरडीटी पोजेटिभ, पीसीआर परीक्षण गरिने

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ जेठ । काठमाडौँ महानगरपालिकाका ३१ जना कर्मचारीहरुको आरडीटी प्रविधिमा कोरोना पोजिटिभ देखिएको छ ।

शुक्रबार काठमाडौँ महानगरपालिका फोहोर मैला व्यवस्थापनमा खटिने ३१ जना कर्मचारीहरुको आरडीटी परीक्षण गरिएको थियो ।

महानगरभित्र फोहोमैला व्यवस्थापनमा खटिने ९ सय ३२ जनाको आरडीटी परीक्षण गर्दा ३१ जनाको पोजेटिभ आएको हो । उनीहरुको पीसीआर पद्धतिबाट परीक्षण गरिने तयारी भइरहेको महानगरले जनाएको छ ।

उनीहरुको आरडीटी पोजेटिभ देखिएपछि घर जान मानेनन् । त्यसैले उनीहरुलाई कार्यालयमै बस्ने व्यवस्था मिलाइँदै छ ।