३ कार्तिक २०८३, मंगलबार

खोलाले बगाएको ३ वर्षीय बालकको सशस्त्रद्वारा जीवितै उद्वार

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २ जेठ । झापाको बिर्तामोड नगरपालिका ७ खालवाडी स्थित देउनिया खोलामा बगेका एक बालकको जेठ २ गते एपीएफ टोलीले जीवितै उद्वार गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश गोलधापबाट डियुटीमा खटिएको एपीएफ टोलीले एक बालकलाई सो खोलामा बग्दै गरेको अवस्थामा देखेपछि तत्कालै जिवितै उद्वार गरेको हो । ती बालक स्थानीय ३ वर्षीय बिष्णु ठटाल हुन् ।

एपीएफ टोलीले ती बालकलाई निजको परिवारको जिम्मा लगाएको छ ।