
काठमाडौँ, १ जेठ । जिल्लाभित्र सवारी सञ्चालनका लागि प्रदान गरिएको पास पनि खारेज गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ ।
बिहीबार गृहमन्त्रालयमा बसेको बैठकले शनिबारबाट लागू हुने गरी यस्तो निर्णय गरेको हो ।
मन्त्रालयले एक जिल्लाबाट अर्काे जिल्ला जाने पास पनि यस अघि नै आजैबाट लागू हुने गरी खारेज गरेको छ । सवारी पास लिएका मानिसमा पनि कोरोनाभाइरसको संक्रमण देखिएकोले गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो ।















प्रतिक्रिया