२८ आश्विन २०८३, बुधबार

प्रयोगशाला भएका सरकारी अस्पतालमा मिर्गौला परीक्षण निःशुल्क

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kidney-Mirgaulaकाठमाडौं, २८ फागुन । प्रयोगशाला सुविधा भएका सरकारी स्वास्थ्य संस्थामा उपचारका लागि जाने सबै बिरामीको अब अनिवार्य मिर्गौला परीक्षण हुने भएको छ ।

बेलैमा परीक्षण नगरेकै कारण मिर्गौला फेल हुनेको संख्या बढ्दै गएको भन्दै सरकारले चालू आर्थिक वर्षबाट निःशुल्क परीक्षणको व्यवस्था गर्न लागेको हो ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले ‘मिर्गौला रोपको पूर्वपरीक्षण कार्यक्रम’ अन्तर्गत निःशुल्क मिर्गौला परीक्षण कार्यक्रम लागू गर्ने तयारी गरेको छ ।

‘स्वास्थ्य संस्थामा पुग्ने पाँच वर्षमाथिका हरेक बिरामीको पिसाब संकलन गरी मिर्गौलाको अवस्था बुझ्ने तयारी हुँदैछ,’ महाशाखाका निर्देशक डा. भीम आचार्यले भने, ‘यसका लागि महाशाखाले पहिलो चरणमा २० लाख थान रसायनयुक्त कागजको छेस्को तथा पिसाब राख्ने बट्टा डिप स्टिक खरिद गर्दैछ ।’

यो उपकरण आइसकेपछि अञ्चल अस्पताल, क्षेत्रीय अस्पताल, जिल्ला अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा ‘किट’ लगेर परीक्षण कार्यक्रम सञ्चालन गरिने डा आचार्यले बताएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

नेपालमा ३० लाखभन्दा बढी व्यक्ति मिर्गौलासम्बन्धी कुनै न कुनै रोगबाट ग्रसित भएको अनुमान छ ।