
काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्रीले केपी शर्मा ओलीले पुर्खाले बचाएको नेपाललाई बचाउने र त्यसका लागि सबैको साथ चाहिने बताएका छन् ।
बालुवाटार बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले राष्ट्रहितमा देखिएको एकताको सम्मान गर्दै भारतले गरेको हस्तक्षेपको कुटनीतिक तवरले समाधान गर्नु पर्नेमा जोड दिएका थिए ।
सरकार अविलम्ब वार्ता होस् भन्ने पक्षमा रहेको पनि उनले जनाएका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले भने, भारतले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भारतले नेपाललाई गरेको सहयोग सकारात्मक भएपनि यही विषम पस्थितिमा लिपुलेकमा सडक बनाएर उद्घाटन गर्ने कार्य ठीक नभएको बताएका छन् ।
बैठकले कालापानीबाट भारतीय सेना फिर्ता पठाउनुपर्ने निष्कर्ष पनि निकालेको छ । उपस्थित सबैले कालापानी, लिपुलेक नेपालको भूभाग भएको भन्दै तत्का फिताृ गर्न पहल गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ ।
बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरु, पूर्वप्रधानमन्त्रीहरु तथा परराष्ट्रमन्त्रीहरुको सहभागीता रहेको थियो ।















प्रतिक्रिया