३ कार्तिक २०८३, मंगलबार

सर्वदलीय बैठकको निष्कर्ष : कालापानी, लिपुलेक नेपालको हो, भारतीय सेना फिर्ता पठाउनुपर्छ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । बालुवाटारमा बसेको सर्वदलीय बैठकले भारतले लिपुलेकमा चीनसँग जोड्न बनाएको सडक नेपालकै भूमिमा परेको भन्दै तत्काल फिर्ता गर्न पहल गर्ने निष्कर्ष निकालेको छ ।

त्यस्तै, बैठकले काली नदी नेपालको पश्चिमी सीमा रहेको भन्दै कालापानी नेपालकै रहेको र ति भूमिमा भएको अतिक्रमण स्वीकार्य नहुने ठहर पनि गरेको छ ।

बैठकमा उपस्थित सबै दलका प्रतिनिधिहरुले भारतले बाटो बनाएको भूभाग नेपालको रहेको अभिमत प्रकट गरेका छन् । त्यस्तै, त्यसका लागि प्रभावकारी कुटनीतिक कदम चाल्नुपर्ने निष्कर्ष निकालेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनाएका छन् ।

बैठकमा प्रधानमन्त्रीले केपी शर्मा ओलीले राष्ट्रहितमा देखिएको एकताको सम्मान गर्दै पुर्खाले बचाएको नेपाललाई बचाउने र त्यसका लागि सबैको साथ चाहिने बताएका छन् । प्रधानमन्त्री ओलीले सरकार अविलम्ब वार्ता होस् भन्ने पक्षमा रहेको पनि जनाएका छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले भने, भारतले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भारतले नेपाललाई गरेको सहयोग सकारात्मक भएपनि यही विषम पस्थितिमा लिपुलेकमा सडक बनाएर उद्घाटन गर्ने कार्य ठीक नभएको बताएका छन् ।

त्यस्तै, बैठकले कालापानीबाट भारतीय सेना फिर्ता पठाउनुपर्ने निष्कर्ष पनि निकालेको छ ।