३ कार्तिक २०८३, मंगलबार

निजी पेट्रोल पम्प हप्तामा एकदिन मात्र खुल्ने

7.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । नेपाल आयल निगमले निजी क्षेत्रबाट सञ्चालित पेट्रोल पम्पहरु हप्तामा एक दिन मात्र खुल्ने निर्णय गरेको छ । त्यस्तै, निगमले पेट्रोलियम पदार्थको दैनिक कारोबार गर्नका लागि एक तिहाइ जनशक्तीमात्र परिचालन गर्ने भएको छ ।

निगमले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सावधानीपूर्वक कारोबार गरिने प्रष्ट पारेको छ ।

सहकारी तथा सरकारी क्षेत्रबाट सञ्चालन भएका पम्प बाहेक जिल्लाअनुसार बार निर्धारण गरी हप्तामा एकदिनमात्र खुला राखिने निगमले जानकारी दिएको छ ।