३ कार्तिक २०८३, मंगलबार

नेपालमा कोरोना संक्रमित २१९ पुग्दा ३५ जना निको भए

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुग्दा निको हुनेको संख्यो ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुटवलका २५ वर्षे युवक ११ दिनमा र चितवनका ६३ वर्षीय पुरुष २६ दिनमा कोरोनाबाट निको भएको जानकारी दिए ।

वुधबार नियमित पत्रकार सम्मलेनमार्फत उनले कोरोना संक्रमण देखिनेमा १७६ जना पुरुष र ४३ जना महिला रहेका बताए ।

हालको तथ्याङ्कअनुसार सबैभन्दा बढी प्रदेश २ मा ९६ जना कोरोना संक्रमित पुगेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ जना, वाग्मतीमा ९ जना, गण्डकी प्रदेशमा २ जा रहेका छन् । प्रदेश ५ मा ७२ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना रहेका छन् । त्यस्तै, कर्णाली प्रदेशमा पनि एक जनामा पनि कोरोना संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ३ सय ५७ पीसीआर र ६९२ वटा आरडीटी परीक्षण भएका छन् । हालसम्म २१ हजार ३ सय ४० वटा नमुना परीक्षण भएका छन् । आरडीटी विधिबाट ६० हजार ३ सय १९ वटा परीक्षण भएका छन् ।

बुधबार थप २ जनामा कोरोना संक्रमण देखिएको छ । प्रवक्ता देवकोटाका अनुसार नयाँ संक्रमण देखिनेमा बाँकेका ३६ वर्षीय पुरुष र कपिलवस्तुका २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । बाँकेका पुरुषको धुलिखेल, कपिलवस्तुको पुरुषको टेकुमा पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

त्यस्तै, देशभरिका विभिन्न क्वारेन्टाइनमा १४ हजार ३ सय १३ जना रहेका छन् । प्रदेश नम्बर १ मा ९ सय ५९, प्रदेश नम्बर २ मा १ हजार ५७४, वाग्मती प्रदेशमा १०१ र गण्डकी प्रदेशमा २७९ जना क्वारेन्टाइनमा रहेका छन् ।

यसैगरी प्रदेश नम्बर ५ मा ६ हजार ९८९, कर्णाली प्रदेशमा १ हजार ५ ६३ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८४८ जना क्वारेन्टाइनमा रहेका छन् ।

अहिले देशका विभिन्न अस्पलालमा २४५ जना शंकास्पद व्यक्ति आइसोलेसनमा उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा २१, प्रदेश नम्बर २ मा ९८, वाग्मती प्रदेशमा २५ (उपत्यकामा ६ समेत गरी) र प्रदेश नम्बर ५ मा १ सय १ जना आइसोलेसनमा रहेका छन् ।

बुधबार बुटवलका २५ वर्षीय पुरुष ११ औं दिन र चितवनबाट ६३ वर्षीया महिला २५ औ दिनमा डिस्चार्ज भएका छन् । यो सँगै उपचारपछि निको भएर डिस्चार्ज हुने व्यक्तिको संख्या ३५ पुगेको छ ।