
काठमाडौँ, ३१ वैशाख । नेपाली सुरक्षाकर्मीको टोली दार्चुलाको छांगरुमा पुगेको छ । वुधबार नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट नेपाल प्रहरीका ९ जना र सशस्त्र प्रहरीका २५ जना त्यहाँ पुगेका हुन् ।
उनीहरुलाई दार्चुलाको सदरमुकाम खलंगाबाट दुई चरणमा व्यास गाउँपालिका १ छांगरुमा पुर्याइएको हो ।
टोली सशस्त्र प्रहरी निरीक्षक मिलीबहादुर चन्दको नेतृत्वमा त्यस तर्फा गएको हो । केही दिन अघि त्यस क्षेत्रमा भारतले भूमि अतिक्रमण गरी सडक उद्घाटन गरेपछि नेपालमा चौतर्फी रुपमा चर्काे विरोध भइरहेको छ ।















प्रतिक्रिया