३ कार्तिक २०८३, मंगलबार

सरकारले व्यवसाय गर्नेलाई अनुदान दिने, यसरी आवेदन दिनुहोस्

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । अब नयाँ व्यवसाय गर्नेलाई नेपाल सरकारले अनुदान दिने भएको छ । सरकारले ज्ञान, सीप र क्षमता भएका आविष्कारकर्ता, उद्यमी, व्यवसायी व्यक्ति वा संस्थालाई अनुदान दिने जनाएको हो ।

सो अनुदान नेपाल सरकार राष्ट्रिय योजना आयोगले प्रदान गर्न लागेको हो । अनुदान लिनको लागि कार्यविधि (http://startup.npc.gov.np/Home/Karyabidhi) तथा मापदण्डमा उल्लेखित ढाँचामा प्रस्ताव तयार गरी तोकिएका कागजातहरू संलग्न गरी जेठ महिनाभित्र अनलाइनमार्फत् राष्ट्रिय योजना आयोगमा पठाउन सकिनेछ ।

नवप्रवर्तनीय कार्यको प्रस्तावसम्बन्धी सर्त तथा अन्य आवश्यक कागजात र विवरणको जानकारीका लागि इमेलमार्फत् [email protected] मा सम्पर्क गर्न सकिनेछ अथवा राष्ट्रिय योजना आयोगको टेलिफोन नं. ०१–४२१११४२ वा ०१–४२११८०७ वा ०१–४२११८३४ मा सम्पर्क गर्न सकिनेछ ।