
कास्की, ३१ वैशाख । पोखरा महानगरपालिका ३१ बिनेरीकुनाबाट भरुवा बन्दुक १ थान, सोको गोली १ थान, म्याग्जिन १ थान र मृगको मासु ६ केजी सहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका(३१ बिनेरीकुना बस्ने ५४ वर्षीय आईते पोडे, ३८ वर्षीय राज कुमार पोडे, २७ वर्षीय सरल न्यौपाने र ३९ वर्षीय गणेश गौतम रहेका छन् ।
आईतेको घरमा मृग मारेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उनीहरुलाई मृगको मासु भाग लगाईरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै आईतेको घरबाट लुकाईछिपाई राखेको हातहतियार समेत प्रहरीले बरामद गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया