
काठमाडौँ, ३० वैशाख । पर्सा जिल्लामा निषेधाज्ञा (कर्फ्यू) जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
एकैदिनमा ३९ जना कोरोना संक्रमित भेटिएपछि अत्यावश्यक बाहेकका सबै सवारी तथा क्रियाकलाप बन्द गर्ने निर्णय गरिएको हो ।
त्यस्तै, जिल्ला प्रशासनले अति नै जोखिमका क्षेत्रहरुमा नेपाली सेना परिचालन गर्ने समेत निर्णय गरेको छ ।
निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवाबाहेक सबै पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने प्रशासनले निर्णय गरेको छ ।
त्यस्तै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनमा रोक लगाइएको छ ।
भारतसँगको खुल्ला सीमालगायत जिल्लाका सीमाहरु पनि बन्द गरिएको छ ।
















प्रतिक्रिया