
काठमाडौँ, ३० वैशाख । सरकारले अब एक जिल्लाबाट अर्काे जिल्ला जान नपाउने नियम लागू गरेको छ । यस अघि जारी गरिएको सबै सवारी पास गृह मन्त्रालयले जेठ १ गते बिहीबारबाट लागू हुने गरी रद्द गरेको छ ।
त्यस्तै, अन्य जिल्लाबाट काठमाडौँ आउनलाई सम्बन्धित प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको लिखीत स्वीकृति लिएर मात्रै पास दिन पाउन व्यवस्था गरेको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयले पछिल्लो समय कोरोनाभाइरस संक्रमण तीव्र रुपमा बढ्न थालेपछि यस्तो निर्णय गरेको हो ।
सञ्चारकर्मीको हकमा भने सूचना तथा सञ्चार मन्त्रालयले जारी गरेको पासको आधारमा आवतजावत गर्न पाइने मन्त्रालयले जनाकारी दिएको छ ।















प्रतिक्रिया