
काठमाडौँ, ३० वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वुधबार स्थायी कमिटीको बैठक आह्वान गरेको छ । वुधबार विहान ११ बजे स्थायी कमिटी बोलाइएको पार्टीका एक नेताले जानकारी दिएका छन् ।
वैशाख २५ मा बस्ने भनिएको स्थायी कमिटी आन्तरिक तयारीको कमी भन्दै स्थगित भएको थियो । अध्यक्षद्धयले छलफल गरेर बैठक बोलाइने जनाइएको थियो ।
पछिल्लो समय विवाद साम्य भएको नेकपामा स्थायी रुपमा कसरी पार्टी एकता र सरकारलाई सशक्त बनाउने भन्ने बारेमा कमिटीमा छलफल हुने जनाइएको छ ।















प्रतिक्रिया