
रुकुम (पूर्व), ३० वैशाख । भूमे गाउँपालिका ९ चायाँचुङबाट सोही ठाउँस्थित पेदी बस्ने ४५ वर्षीय आसु पुनलाई भरुवा बन्दुक १ थान, बारुद ५ सय ग्राम र छर्रासहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय चुनवाङबाट खटिएको प्रहरीले उक्त लोड भएको भरुवा बन्दुक बोकी जंगलतर्फ जाँदै गर्दा फेला पारी उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिहरेको छ ।















प्रतिक्रिया