काठमाडौँ, २७ फागुन । बागलुङ क्षेत्र नम्बर १ मा आगामी चैत्र २८ गते हुने संविधानसभाको उपनिर्वाचनमा प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले स्वर्गीय हरिबहादुर खड्काकी श्रीमती चम्पादेवी खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सो क्षेत्रमा यस अघि हरिबहादुर खड्का निर्वाचित हुनु भएको थियो । काँग्रेसको संसदीय समितिको आज बसेको बैठकले स्वर्गीय सभासद् खड्काकी श्रीमती चम्पादेवीलाई उम्मेदवार बनाउने निर्णय गरेको काँग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीले राससलाई जानकारी गराउनुभयो ।
सभासद् खड्काको सडक दुर्घटनामा परीे मृत्यु भएपछि रिक्त सो निर्वाचन क्षेत्रमा सरकारले चैत २८ गतेका लागि उपनिर्वाचनको मिति तय गरेको थियो ।















प्रतिक्रिया