काठमाडौँ, २७ फागुन । भ्रष्टाचार, महङ्गी, कालोबजारी, कमिसनखोरीविरुद्ध सङ्घर्ष गर्न भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले चार साना पार्टी सम्मिलित साझा मोर्चा गठन गरेको छ ।
विप्लव माओवादीले राष्ट्रियताको रक्षा गर्न तथा जनजीविकालगायतका सवालमा सहमति जनाउने सबै राजनीतिक दलका प्रतिनिधिलाई एउटै मञ्चमा समेट्ने गरी भाटे मोर्चा गठन गरेको हो ।
मोर्चाको अध्यक्षमा तिलक परियार, उपाध्यक्षमा शङ्कर खड्का, महासचिवमा खुमा सुवेदी, सचिवमा रामकुमार राई र वीरबहादुर केसी र कोषाध्यक्षमा गौरीनारायण मण्डल रहनुभएको र केन्द्रीय कार्यसमिति ४५ सदस्यीय रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
जनजीविकाका समस्या समाधानको माग गर्दै मोर्चाले चैत १० गतेदेखि देशव्यापी आन्दोलनका कार्यक्रमहरू सुरु गर्ने अध्यक्ष तिलक परियारले जानकारी दिनुभयो ।















प्रतिक्रिया