काठमाडौं, २७ फागुन । आगामी चैत २८ गते बाग्लुङ क्षेत्र नम्बर १ मा हुन लागको उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट मनाकुमारी केसीले उम्मेदवारी दिनुहुने भएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय कमिटी बैठकले बैकल्पिक केन्द्रीय सदस्य केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
दुर्घटनामा परी नेपाली कांग्रेस प्रत्यक्षतर्फका उम्मेदवार हरिबहादुर खड्काको निधन भएपछि बाग्लुङ १ मा उपनिर्वाचन हुन लागेको हो ।
यसअघि एमाओवादीले पार्टी प्रवक्ता दिनानाथ शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । नेपाली कांग्रेसले दुर्घटनामा निधन भएका खड्काकी पत्नी चम्पा खड्कालाई उम्मेदवार बनाएको छ ।















प्रतिक्रिया