३० आश्विन २०८३, शुक्रबार

बेलायतमा नारायण कोन्मे गुरुङको निधन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन । समाजसेवी नारायण कोन्मे गुरुङको बेलायतमा निधन भएको छ । उनका नातेदार सहारा युकेका उपाध्यक्ष लेफ्टिनेण्ट कुसाङकुमार गुरुङका अनुसार सोमबार अपराह्न उनको ननिटनको जर्ज इलियट अस्पतालमा निधन भएको हो ।

उनी केही समयदेखि रुघाखोकीबाट ग्रसित रहेको जानकारी पाएको उपाध्यक्ष गुरुङले बताए । उनलाई पछिल्लो समय आइसियुमा राखिएकोमा सोमबार दिउँसो चिकित्सकले मृत घोषणा गरेका हुन्।

पर्वत चारभन्ज्याङ ठानामौलामा गाविस वडा नम्बर ३ मा जन्मेका कोन्मे कक्षा ८ सम्मको अध्ययनपछि बेलायती सेनामा भर्ती भएका थिए । बोर्नियोको लडाइँमा उनले भाग लिएका थिए । तत्पश्चात नाम काटेर नेपाल फर्की अध्ययन अध्यापनमा लागेका थिए ।