३ कार्तिक २०८३, मंगलबार

२४ लाख नगदसहित हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २० वैशाख । काठमाडौँको टंकेश्वरबाट हुण्डी कारोबारमा संलग्नको आरोपमा २४ लाख २१ हजार नगद रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका १३ टंकेश्वरर काठमाडौं महानगरपालिका १२ स्थित कनक पेट्रोल पम्प नजिकबाट नगदसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत मोतियारी घर भइ हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेश कुमार गुप्ता र काठमाडौं नयाँबानेश्वर बस्ने बाग्लुङ घर भएका ३५ वर्षीय सागर श्रेष्ठ रहेका छन् । उक्त रकममध्ये गुप्ताको साथबाट ६ लाख २१ हजार रुपैयाँ र श्रेष्ठको साथबाट १८ लाख रुपैयाँ बरामद भएको हो ।

उक्त स्थानमा हुण्डी कारोवार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले हुण्डी कारोवारमा संलग्न उनीहरुलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ