३ कार्तिक २०८३, मंगलबार

राष्ट्रिय युवा संघ तथा अनेरास्ववियु तनहुँद्धारा हात धुने समाग्री राखियो

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–वि. वि. श्रेष्ठ

तनहुँ, २० वैशाख । नेपाल कम्युनिष्ट पार्टी सम्वद्ध राष्ट्रिय युवा संघ तथा अनेरास्ववियु तनहुँको आयोजनामा जिल्ला सदरमुकाम दमौलीको अनसन चौतारीमा विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना रोगवाट हुने संक्रमण रोक्नका लागी सावुन पानीले हात धोऔँ, कारोनावाट बचौँ भन्ने अभिप्राय स्वरुप पानीटंकी र हात धुने आवश्यक समाग्री राखेका छन् ।

कोराना रोगवाट वच्ने मुख्य आधार भनेको हात मिचि मिची धुने हो, त्यहि प्रयोजनका लागी राष्ट्रिय युवा संघ तथा अनेरास्ववियू तनहुद्धारा जनचेतना र हात धुने वानी वसाल्न अभिप्रायले हात धुनेका पानीटंकी र सावुन पानी राखिएका हौ, राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष ईश्वर वस्यालले भने । राष्ट्रिय युवा संघ तथा अनेरास्ववियू तनहुले जनचेतनाका लागी विभिन्न कार्यक्रम गर्ने योजना अनुरुप यो कार्यक्रम गरिएको अध्यक्ष वस्यालले बताए ।

ग्रामीण भेगवाट सदरमुकाम आउने जनताले हात धुने सहज स्थान उपलव्ध होस भन्ने हेतुले यो कार्यक्रम गरिएको हो, अनेरास्ववियू तनहुँको अध्यक्ष डम्वर विक.ले भने ।

सवै सर्वसाधारणका लागी हात धुने वातावरण वनेमा यसले कोरोना रोग रोकथामका लागी भुमिका खेल्ने हुदाँ यो अभियान गरिएको उनले बताए ।

यो हाम्रो सानो जनचेतना जगाउने उद्येश्य हो, जनतालाई सुसिुचित तुल्याउने कार्यक्रम अन्र्तगत राष्ट्रिय युवा संघ तथा अनेरास्ववियू तनहुँले उक्त कार्यक्रम गरेको अध्यक्ष वस्यालले भने ।