
काठमाडौँ, २० वैशाख । ५४ देशका ३ सय ९ जना यात्रु बोकेर कतार एयरवेजको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट फ्रान्सको पेरिसका लागि उडेको छ ।
सो जहाज नेपालस्थित फ्रान्सेली दूतावासले चार्टर गरेको हो । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका अनुसार जहाज शनिबार दिउँसो काठमाडौँबाट कतारको दोहा हुँदै पेरिसका लागि उडेको हो ।
जहाजमा युरोपेली मुलुक, दक्षिण अफ्रिका, इजरायल, अमेरिका, क्यानाडालगायत मुलुकका नागरिक छन् ।
लकडाउनमा योसहित कतार एयरवेजको ११ उडान भएको छ । कतारपछि नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले आठ अन्तर्राष्ट्रिय उडान गरेको छ ।
लकडाउनका कारण सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु जेठ २ गतेसम्मका लागि स्थगित छन् ।















प्रतिक्रिया