३ कार्तिक २०८३, मंगलबार

दुधपोखरी समाजद्धारा गाउँपालिकालाई स्वास्थ्य सामाग्री वितरण

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० वैशाख । कोरोनाभाइरसका कारण देश लकडाउनको अवस्थामा गुज्रिरहेको बेला दुधपोखरी सेवा समाजले मजदुरहरुलाई पहिलो चरणमा राहत स्वरुप खाद्यान्न वितरण गरेको छ ।

त्यसैगरी, दुध पोखरी समाज र दुधपोखरी गाउँपालिकाको संयुक्त पहलमा काठमाडौँमा रहेर ज्याला मजदुरी गर्ने, औषधि उपचारका कारण काठमाडौँमा आइ रोकिएका र अध्ययनको सिलसिलामा काठमाडौँमा बसेका विद्यार्थीहरुलाई सेवा भावको उद्देश्यले दोस्रो चरणमा स्थायी बसोबास सम्म पुर्याएको छ ।

साथै, कोरोनाभाइरसबाट हुन सक्ने संक्रमणलाई मध्य नजर गर्दै स्वास्थ्य सामाग्रीहरु यसै सेवा समाजका सल्लाहकार विष्णु धितालको पहलमा लाइन्स क्लबद्धारा उपलब्ध गराइएका केही थान पीपीई, त्यस्तै, अर्का सल्लाहकार रमेश दवाडी र दुध पोखरी सेवा समाजका अध्यक्ष सरोज न्यौपानेको पहलमा राष्ट्रिय आविष्कार केन्द्रबाट उपलब्ध पीपीई साथै सेवा समाजका तर्फबाट स्यानिटाइजर, मास्क उक्त गाउँपालिकाका भित्र रहेका स्वास्थ्य चौकीलाई पुग्ने गरी सेवा समाजका प्रतिनिधिहरुद्धारा गाउँपालिकाको स्वास्थ्य प्रमुखलाई हस्तान्तरण गरिएको ।

आगामी दिनहरुमा पनि थप सहयोग गर्ने प्रतिवद्धताका गर्दै कार्यमा सहयोग गर्ने सम्पूर्णमा समाजले आभार व्यक्त गरेको छ ।