३ कार्तिक २०८३, मंगलबार

स्वास्थ्य जाँचबिनै भित्रिए ८ हजार

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १७ वैशाख । लकडाउनकै अवधिमा पूर्वी क्षेत्रबाट झन्डै ८ हजार नागरिक सुदूरपश्चिम प्रदेशमा भित्रिएका छन्। उनीहरू केही पैदल र केही बसमार्फत आएका हुन्।

प्रदेशको प्रवेशद्धार कर्णाली चिसापानी हुँदै आएका ती नागरिकको सामान्य स्वास्थ्य परीक्षणसमेत गरिएको छैन। लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष भक्त चलाउनेका अनुसार उनीहरू चैत २७ गतेदेखि मंगलबारसम्म चिसापानीबाट सुदूरपश्चिम प्रवेश गरेका छन्।

उनीहरू दोस्रो चरणको लकडाउन थपिएसँगै धमाधम पैदल आउन थालेका थिए। एक सातायता स्थानीय तह, संघीय सांसद, मन्त्रीलगायतले आफ्ना नागरिकलाई बसमै पठाउन थालेपछि त्यो संख्या बढेको हो।

अघिल्लो सातासम्म ३ हजार जना प्रवेश गरेका थिए। ‘यो साता स्थानीय तह, सांसदहरूले पनि काठमाडौंबाट बसमा पठाउन थालेपछि यो संख्या निकै बढेको हो’, उनले भने।

धादिङ, गोरखा, तनहुँ, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, काठमाडौं, काभ्रे, नुवाकोटलगायत जिल्लामा रहेका सुदूरपश्चिमेली धमाधम फर्किरहेका छन्। उनीहरूलाई चिसापानीमा सामान्य जाँचसमेत हुने गरेको छैन। अन्य जिल्लाबाट आएकाहरूको स्वास्थ्य जाँच, ¥यापिड टेस्ट गर्नुपर्ने भए पनि उनीहरू भने त्यत्तिकै फर्किरहेका छन्।

चिसापानीमा हेल्थ डेस्क सञ्चालन गर्न प्रदेश सरकारले निर्देशन दिए पनि कार्यान्वयन भएको छैन। लम्की चुहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती बीसीले जिल्लाले स्वास्थ्य सामग्री पठाएर हेल्थ डेस्क सञ्चालन गर्ने तयारी भइरहेको बताइन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।