३० आश्विन २०८३, शुक्रबार

हृदयघातबाट युएईमा एक नेपालीको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युएई । वैदेशिक रोजगारीका लागि ९ वर्षअघि युएई आएका एक नेपालीको मृत्यु भएको छ ।

ट्रान्सगार्ड सेक्युरिटी कम्पनी दुबईमा कार्यरत बेलबारी–३ मोरङ ५२ वर्षीय दीपक पराजुलीको हृदयघातका कारण आइतबार बिहान उनकै कोठामा मृत्यु भएको हो ।

केही दिनअघि सामान्य ज्वरो आएर कोठामै औषधि लिईरहेका उनी एक्कासि कोठामा ढलेपछि नजिकैको एनएमसी रोयल अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याए लगत्तै चिकित्कसले मृत्यु भएको पुष्टि गरेका छन् ।

उनको शव पोस्टमाटमको लागि एनएमसी रोयल अस्पतालमा राखिएको छ । नौ वर्ष पहिले वैदशिक रोजगारीका लागि युएई आएका पराजुलीका श्रीमती र २ छोरा रहेका छन् । २ छोरा पनि वैदेशिक रोजगारमा रहेका बताइएको छ ।