३ कार्तिक २०८३, मंगलबार

ओलीले सधैँ जालझेल र षड्यन्त्र मात्रै गर्नुभो : नेपाल

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १६ वैशाख । वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई नवौँ महाधिवेशनदेखि साथ दिएका नेता–कार्यकर्तालाई ओली समूहले केन्द्रदेखि जिल्लासम्म छानीछानी पाखा लगाउने, महत्वपूर्ण र प्रमुख जिम्मेवारीबाट वञ्चित गर्ने काम गरेको भन्दै फेहरिस्त नै प्रस्तुत गरेका थिए ।

‘नवौँ महाधिवेशनमा मसँग रहनुभएका साथीरूलाई इगो साँध्ने, जिम्मेवारीमा वञ्चित गर्ने काम भो, अहिले पनि उहाँले जाल–झेल षड्यन्त्र गर्ने, एउटा नेताविरुद्ध अर्कोलाई लडाउने, जुधाउने, फुटाउने काम गर्नुभयो, सामूहिक निर्णय र संस्थागत पद्धतिलाई जहिल्यै इग्नोर गर्ने काम गर्नुभो, त्यसकारण उहाँ जिम्मेवारीबाट हट्नुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेताले भने । शुराेजंग पाण्डेले नयाँ पत्रिका दैनिकमा समाचार लेखेका छन् ।