
काठमाडौँ, १४ वैशाख । शेष घलेले कोरोना उपचार तथा नियन्त्रणका लागि ३ करोड रुपैयाँ सहयोग गरेका छन् ।
शेष घले र जमुना गुरुङको एमआईटी ग्रुप फाउन्डेशनले सरकारले स्थापना गरेको कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ सहयोग गरेका हुन् । आइतबार कोषका प्रतिनिधिहरुले प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक प्रदान गरेका हुन् ।
लकडाउनका कारण आफू स्वयंम उपस्थित हुन नसकेको जनाउँदै घलेले वक्तव्यमार्फत आफूले सहयोग गरेको रकम नेपाल सरकारले कोरोना उपचार, रोकथाम तथा निगरानीका लागि सदुपयोग हुने विश्वास व्यक्त गरेका छन् । उनले राष्ट्रिय विपत्तिमा सहयोग गर्दै आएका छन् ।















प्रतिक्रिया