३० आश्विन २०८३, शुक्रबार

एनआरएन साउदीद्वारा ७५ पीडित नेपाली श्रमिकलाई राहत उपलब्ध

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । गैर आवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले दमाम क्षेत्रको ईमाद हुमान रिसोर्स कम्पनी टोयोटा रोडमा कार्यरत ७५ नेपाली मजदुरलाई राहत प्रदान गरेको छ ।

२ महिना देखि तलब सुबिधा नपाउँदा खान समेत समस्या रहेका श्रमिकका लागि खाद्यान्न उपलब्ध गराइएको छ ।

डेढ बर्ष पहिला साउन्डलाईन ओभर्सिजबाट पुगेका नेपाली कामदारहरु कोरोना भाइरसको कहरसँगै पीडित छन् ।

तलब नपाएको र खानलाई समस्या भएका कारण पिडित नेपाली श्रमिकहरुले आफ्नो पीडा दुतावासलाई जानकारी गराउँदै कोठामा बसेका थिए ।

तलब नपाउँदा आर्थिक अभावका कारण बिहान बेलुका छाक टार्न समेत कठिनाई परेको कुरा सम्बन्धित कम्पनीका पीडितहरु मध्येका २६ जनाले एनआरएन साउदीमा निवेदन दिएका थिए ।

एनआरएन साउदीले दूतावासलाई जानकारी गराउँदै पीडितको उद्दारमा खर्चिएको रकम म्यानपावर कम्पनीले ब्यहोर्नेगरी राहत उपलब्ध गराइएको हो ।

यसैगरी अक्सफोर्ड मेनपावरबाट पुगेका ईमाद हुमान रिसोर्स कम्पनी जुबेल रोड कार्यरत नेपाली थप ४० जना नेपाली श्रमिकहरु पनि उस्तै समस्यामा रहेका, सुगम ओभरसीज मेनपावर बाट आएका फाहद अल मुर्सिद कम्पनी खोबरमा कार्यरत थप नेपाली ९ जना पिडित श्रमिकहरुलाई पनि नेपाली राजदूतावासको समन्वयमा मेनपावर कम्पनीबाट सोधभर्ना हुने गरि मानवीय आवश्यकताको राहत प्रदान गरिएको बताइएको छ ।

राहत सामाग्रीमा २६ जनाको लागि २४० किलो चामल, ३० किलो दाल, १८ लिटर तेल, ठ पिस नुन, १ किलो मसला, ३ पकेट खुर्सानी दिइएको थियो ।

यस्तै, ४० जनाको लागि ४०० किलो चामल, ६० किलो दाल, १८ लिटर तेल, २५ पिस नुन, ४ किलो मसला, ३ किलो खुर्सानी, र ९ जनाको लागि ३० किलो चामल, ७ किलो दाल, ४ लिटर तेल, २ पिस नुन, ३ पकेट मसला, २ पकेट खुर्सानी उपलब्ध गराएका थिए ।

एनआरएन आईसीसी मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्याल, अन्तर्राष्ट्रिय मुस्लिम समाजका संरक्षक राजु सैयद, एनआरएन साउदीका अध्यक्ष तेज थापा, दुताबास दम्माम कन्सुलरका प्रतिनिधि हरि घिमिरे लगायतले राहतका लागि समन्वय गरेका हुन् ।