२९ आश्विन २०८३, बिहिबार

कमजोर छैनन् केपी ओली

14k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिबि श्रेष्ठ

शत्रुसँग त म आफैं लड्न सक्छु तर मलाई आफ्नैसँग जोगाउ भन्ने उक्ति अहिले प्रधानमन्त्री, नेकपाका अध्यक्ष केपी शर्मा ओलीमाथि सान्दर्भिक हुन्छ ।

विषयवस्तुको उठान सामरिक महत्वका लागि हुनुपर्दछ, त्यसले नै सकारात्मकताको पक्षपोषण गर्दछ । कसैको व्यक्तिगत जीवन भएता पनि त्यो व्यक्तिगत जीवन प्रतिष्ठाका अगाडि छाँया बनिदिन्छ । जुन जिम्मेवारी बोधले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नुपर्दछ । जिम्मेवारी बोध बिनाको प्रतिष्ठाले व्यक्ति आर्थिक रुपमा त सवल बन्ला नै तर समाजिक र वैचारिक रुपमा समाज र देशप्रति जिम्मेवार हुन सक्दैन । जुन नेपालको राजनीतिमा प्रति प्रकटरुपमा सतहमा देखिन्छ ।

राजनीतिको मुख्य सार के हो भन्ने बुझ्न नसक्नेहरु नेपालको राजनीतिमा बग्रेल्ती पाउन सकिन्छ । रानजनीतिको सार भन्दा पनि साधनका रुपमा प्रयोग गर्नेहरु केन्द्रभागमा बसेर जनताका परिवर्तनका निम्ति लडेका दाबी गर्नेहरुका भीडमा आम जनताहरु पछाडि लागिरहेका छन् । विषयवस्तुको गाम्भिर्यता भन्दा हनुमानगिरी, चाकरी, चाप्लुसीमा आफ्नो जीवन सुरक्षित गर्नेहरुका लामो लर्कोमा भूमिका र जिम्मेवारीको मुल्यांकन गर्ने दुश्साहस नै गर्देनन् । चेतनाविहिनताको पराकाष्ट समाजमा हरेक विषयमा मात्र होईन राजनीतिमा पनि उल्लेख्य मात्रामा देख्न सकिन्छ ।

राजनीति आफैमा पूर्ण होईन, यसको सकारात्मक कार्यन्वयनले नै यसको महत्व पुष्टि गर्दछ । त्यसका लागि राजनीति व्यक्तिका लागि होईन, समाज र देश रुपान्तरणका लागि मुख्य ध्येय वन्नुपर्दछ ।

केपी शर्मा ओलीको नेतृत्वमा भएको चुनावमा नेकपा देशको नै सबैभन्दा ठूलो पार्टी बन्यो । देशको नै ठूलो जनमत हासिल गर्न ओलीको जति भूमिका अन्य नेताहरुको छैन । ओलीको राष्ट्रवादी अडान, भारतीय नाकाबन्दीको सामना र निरन्तर लामो समयदेखिको समाज परिवर्तनका लागि ओलीको योगदानको कारण नै नेकपा पहिलो पार्टी बन्न सफल भयो । भलै अन्य नेताहरुको पनि आफ्नो आफ्नो भूमिका रह्यो । तर पनि नेतृत्वमा रहेको ओलीको भूमिका नै प्रधान बनिदियो । सरकार गठन भएदेखि आम नेपाली जनताहरु देशमा समृद्धि आउनेमा विश्वस्त थिए । स्थिर सरकार र ओली सरकारले नै देशका मुहार फेर्ने आशामा बसेका जनताहरुमा नैराश्यता तव छायो जव ओली सरकारमाथि आफ्नै पार्टीका शिर्ष नेताहरुबाट असहयोग हुन थाल्यो ।

त्यसको कोपोभाजनमा परेका सरकारलाई असफल पार्न पार्टीभित्रका नेताहरु अग्रसर हुन थाले । जसरी हुन्छ ओली सरकारलाई असफल बनाएर शासन सत्ता आफ्नो हातमा लिन खोज्नेहरु जुर्मुराए । राजनीति व्यक्तिको शक्तिमा नीहित हुन थाल्यो । सरकारलाई सहयोग भन्दा पनि आफू नै सर्वश्रेष्ठ हो भन्ने होडले जनताबाट तिरस्कृतहरु नै लागिदियो । स्थिर सरकारले नै परिवर्तन गर्ने आशामा रमेका जनताहरु पार्टीभित्रका फोहरी खेल देखेर राजनीति र यसका कुशल खेलाडीहरुप्रति नै नकारात्मक भाव पैदा भयो ।

सरकारलाई सहयोग गरेर देश र जनताको परिवर्तन भन्दा पनि आफूमा शक्ति केन्द्रित निहित स्वार्थमा जुर्मुराएकाहरुको रवैयाले सरकार फेरि पनि परिवर्तन हुने हो कि भन्ने शंका उत्पन्न हुन थालेको छ । कोही व्यक्ति सरकारको प्रमुख हुनका लागि जनताले यो जनमत दिएको भन्ने समेत हेक्का नराख्नेहरु जसरी पनि शक्ति र सत्तामा पुग्ने ध्येयले गरिएको तिकडमले अन्तत कसैलाई पनि राम्रो गर्देन ।

ओलीको आत्माविश्वासले मृत्यृलाई त जित्न सक्छन भने देशलाई कमजोर र अस्थिरता तर्फ उन्मुख गराउने शक्ति र स्वार्थका भरौटेहरु त केही पनि हैनन्

विगतमा शक्ति र सत्तामा रहेर पनि आम जनताका परिवर्तनका खातिर केही गर्न नसकेकाहरु लोकतन्त्र र परिवर्तनका नारा उचालेर जनमत विभाजन गर्न सकिन्छ भन्ने सपना कसैले पनि नपाल्दा नै हुन्छ किनकी नेकपालाई ठूलो जनमत सीमित नेताले मात्र हैन, जनता र सच्चा कार्यकर्ताले दिएका हुन् । त्यसको नेतृत्व ओलीले गरेका हुन् । जुन एकमात्र सत्य हो ।

ओलीप्रतिको जनविश्वासले नै नेकपा आज सबैभन्दा ठूलो पार्टी भएको हो । ओलीप्रतिको धोका भनेको आम नेपाली प्रतिको धोका हो । लोकतन्त्रमा जनता नै सर्वशक्तिमान हुन्छन् । आम जनतामा ओली प्रति जुन भरोसा रहेको छ, त्यो आड र भरोशा अन्य नेतामा कदापी छैन । जनमतको कदर नहुनु भनेको लोकतन्त्रको बर्खिलाप शिवाय अन्य केही हँुदैन । जनमतको भावना विपरित गएर गरिने दुष्कर्म लोकतन्त्र होईन । शव्द होईन व्यवहार नै लोकतन्त्रको जननी, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रियता जनताको मेरुदण्ड हो । जुन ओलीको नेतृत्वमा मात्र सम्भव छ । जसको नेतृत्वमा जनताले दुई तिहाईको बहुमत दियो, उसैको नेतृत्वमा देश चल्नुपर्दछ भन्ने आम भावना नेपाली जनताहरुको हो भन्ने नेकपाका वरिष्ठहरुले भुल्नु हुँदैन ।

सरकार बन्ने र ढल्ने रवैया वनाउने हो भने एक्काईसौं शताव्दीका जनता टुलुटुल हेरेर वस्न सक्दैनन । अहिलेको सन्र्दभमा ओलीको विकल्पमा अन्य हुन सक्दैन । नेकपाको सचिवालयको निर्णय भन्दा पनि जनताको निर्णय सर्वोपरि हो र जनता अहिले ओलीको नेतृत्व चाहन्छ, नकि शक्ति र स्वार्थका भाईरसहरुको नेतृत्व । देश विश्वव्यापी महामहारीले गुज्रिरहदाँ ओली सरकाले चालेको कदमलाई विश्वले नै मानिरहेको सन्दर्भमा यो वा त्यो बहानामा ओली सरकारको विकल्प मान्य हुन सक्दैन ।

ओलीका कमी कमजोरी होलान् तर अन्यका तुलनामा ओली राजनेता नै हुन् । देशमा अस्थिरताको खोलो बनाउने खेलमा लाग्नेहरुलाई जनताले नजिकबाट नियालिसकेका छन् । त्यसैको विकल्पमा आएको जनमत ओलीको सहज नेतृत्वका लागि हो । ओलीको लोकप्रियतामा आफ्नो भविष्य अन्धकार देख्नेहरु नै सरकारका खेदो खन्न उद्यत बन्नु अहिलेको समयमा कदापी सान्र्दभिक मान्न सकिँदैन ।

देशमा प्रतिपक्ष पार्टीले समेत सरकारको चर्को विरोध गर्न विषयवस्तु नपाउदाँ नेकपा वरिष्ठहरु नै ओली सरकारका लोकप्रियतामा प्रहार गर्न थालेको छन् । यो समय सरकार परिवर्तनका नारा लगाउनेहरु जनमत विरोधी हुन् । नैतिकता माथि प्रश्नचिन्ह लगाउनेहरु विगतका आफ्नो ईतिहास हेर्ने दुश्साहस गर्दा हुन्छ । ओलीमा कमजोरी अवश्य छ, तर राष्ट्रियता, जनजीविका, स्वतन्त्रता र सार्वभौमसत्तामा अडिग छन् । जुन आम नेपाली जनता चाहन्छन् ।

राजनीतिको मुख्य सार नै देश र जनताप्रति उत्तरदायित्व बहन गर्नु हुन् । जुन बहन गर्न ओली सक्षम छन् र  गरिरहेका छन् । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा समेत केन्द्र भागमा रहेका ओली नेपाल भित्रका यो अन्र्तद्वन्द्वमा फसिरहन सक्दैनन् । ओलीको आत्माविश्वासले मृत्यृलाई त जित्न सक्छ भने देशलाई कमजोर र अस्थिरतातर्फ उन्मुख गराउने शक्ति र स्वार्थका भरौटेहरु त केही पनि हैनन् । अध्यारो कुनामा रहेर ओलीको विकल्प खोज्नेहरुले ओलीको त्यो ज्वाज्यलताको रिस नगरेको राम्रो । राजनीतिको सार भन्दा बाहिर गएर गरिएको तिकडमले आफूलाई त सिध्याउँछ नै देश र जनताका लागि पनि राम्रो गर्देन ।