मुम्बई । प्रशासनको आदेश उल्लङघन गरेको भन्दै चर्चित बलिउड बादशाह साहरुख खानलाई स्थानिय प्रशासनले २ लाख जरीवाना गरेको छ ।
शाहरुखकोे घर अगाडिको पार्किङ्ग हटाउन प्रशासनले दिएको निर्देशन नमानेपछि मुम्बईको स्थानीय प्रशासनले डोजर लगाएर हटाएको थियो । प्रशासन आफैले हटाएपछि पर्खाल भत्काउन लागेको खर्च साहरुखसंग मागको हो ।
मुम्बई महानगरपालिकाको ऐन अनुसार शाहरुखले २ लाख भारु जरीवाना तिर्नुपर्ने छ । ऐनमा उल्लेख भएअनुसार गैरकानुनी संरचना भत्काउँदा लाग्ने खर्च स्वयंम व्यक्तीले नै व्यहोर्नुपर्ने हुन्छ ।
स्थानिय प्रशासनले अभिनेता शाहरुखलाई जरीवाना रकम तिर्न सात दिनको म्याद दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गत महिना शाहरुखको बान्द्रामा रहेको घर अगाडिको पर्खालले पैदलयात्रीलाई असहज भएको भन्दै स्थानीय महिला सांसदले अदालतमा मुद्दा हालेकी थिईन् । अदालतले पर्खाल हटाउन निर्देशन दिएको थियो ।
तर अदालतको आदेश शाहरुखले नमानेपछि प्रशासनले डोजर लगाएर शाहरुखको घर अगाडीको पर्खाल भत्काएको थियो ।














प्रतिक्रिया