लण्डन, २ वैशाख । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा अर्का एक नेपाली भूपू गोरखा सैनिकको मृत्यु भएको छ ।
बेलायतको रेडिङ्खमा बस्दै आएका ६५ वर्षीय लक्षिणबहादुर गुरुङको सोमबार बिहान निधन भएको हो ।
उनको रेडिङस्थित बर्कशायर अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ । अस्पताल भर्ना भएपछि उनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो ।
पछिल्लो १ साता उनलाई भेनिलेटरमा राखेर उपचार गरिएको थियो ।
‘सिक्स जीआर डब्लुओ टू’ का रिटाएर्ड गोर्खा गुरुङ केही वर्ष पहिला घान्द्रुक समाज रेडिङ्कका अध्यक्ष समेत रहेका थिए । कास्की जिल्लाको घान्द्रुक घर भएका गुरुङ श्रीमती र दुई छोरीहरूसहित बेलायतमा नै बस्दै आएका थिए ।
अहिलेसम्म बेलायतमा कोरोनाकै संक्रमणबाट ६ जना पूर्व गोर्खा सैनिकको ज्यान गइसकेको छ । बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या भने ९ जना पुगेको छ ।











प्रतिक्रिया