८ मंसिर २०८३, मंगलबार

भ्याक्सिनबिना कोरोना संक्रमण नियन्त्रण असम्भवप्रायः

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ वैशाख । प्रभावकारी भ्याक्सिनबिना कोरोना भाइरस संक्रमण नियन्त्रण असम्भव जस्तै हुने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।

स्वाइन फ्लु भन्दा १० गुणा तिव्रताका साथ संक्रमण भइरहेको कोरोना संक्रमण नियन्त्रण निक्कै जटिल काम भएको संगठनले जनाएको छ । यसको भ्याक्सिन आउन कम्तिमा एक देखि डेढ बर्षसम्म लाग्ने अनुमान गरिएको छ ।

त्यस अवधिमा विश्वभर यस भाइरसको संक्रमण अति तिव्र गतिमा हुनेछ । विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमणको तिव्रता दुई चार दिनमा नै दुई गुणा भन्दा पनि बढीका दरले रहेकाले भ्याक्सिनबिना नियन्त्रणमा लिन नसकिने बताइएको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेडोस ग्रवियससले पत्रकार सम्मेलन गरी स्वाइन फ्लु भन्दा पनि १० गुणा बढी खतरनाक रहेको यो भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म १ लाख १९ हजार बढीले ज्यान गुमाउको तथ्यांक सार्वजनिक गरे ।

विश्वमा हालसम्म २० लाख बढी मानिसमा भाइरसको संक्रमण देखिएको छ । भाइरस संक्रमणबाट जोगिन विश्वका आधा जनसंख्या घरमा बसेका छन् । नियन्त्रणमा ध्यान दिनका लागि संक्रमणमा रहेका व्यक्तिको सम्पर्कमा रहेका मानिसको पहिचानलगायत लक डाउन जारी राख्नुपर्ने उनको भनाई थियो ।