८ मंसिर २०८३, मंगलबार

स्वास्थ्यकर्मी नै रोग विरुद्धका मुख्य सेना हुन् : मन्त्री थापा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री लेख बहादुर थापा मगरले नोबेल कोरोना भाइरस विरुद्ध लड्ने मुख्य सेना भनेकै स्वास्थ्यकर्मीहरु भएको बताएका छन् । आज गोरखा जिल्ला अस्पतालमा भइरहेका गतिविधिहरुको जानकारी लिएपछि मन्त्री थापाले सो कुरा बताएका हुन ।

मन्त्री थापाले भने, ‘जसरी देशको सिमा रक्षा गर्न सेना अग्रमोर्चामा रहन्छ त्यसैगरी रोगसँग लड्न स्वास्थ्यकर्मीहरु नै अग्रमोर्चामा रहन्छन् । तपाइँहरुको सुरक्षाका लागि आवश्यक सुरक्षाको व्यवस्थापनका लागि सरकारले पूर्ण रुपमा सहयोग गर्छ । निर्धक्कसँग विरामीको उपचार गर्नुहोस् । ’
अस्पताल अनुगमनका क्रममा मन्त्री थापाले स्वास्थ्यकर्मीहरुको समस्या समाधान गर्न आफूले पहल गर्ने बताउँदै अस्पतालमा आएका विरामीहरुको भएका
स्रोतसाधन र जनशक्ति परिचालन गरी उपचार गर्न सुझाव दिएका थिए । जिल्ला अस्पतालको भवन निर्माणाधिन अवस्थामा रहेकोले आवासगृहलाई
अस्पतालको रुपमा सञ्चालन गरिएको छ । डाक्टरहरुको आवास भाडामा लिएर भएपनि तुरुन्त सञ्चालन गर्न उनले अस्पताल विकास समितिलाई निर्देशन दिएका छन् । गएको भदौ महिनादेखि दुर्गम जिल्ला गोरखामा काम गर्ने डाक्टरहरुले चिकित्सक भत्ता, जोखिम बहन भत्ता समेत पाउन सकेका छैनन् ।

गोरखा जिल्लामा कार्यरत रहेर अध्ययन विदामा रहेका चिकित्सकहरुलाई समेत सरकारले तलव निकासा गरेको छैन । मन्त्री थापाले प्रमुख जिल्ला अधिकारीसँग जिल्लाको तत्कालिन वस्तुस्थितिको बारेमा जानकारी लिएका थिए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लामा कुनै पनि नागरिक भोकै बस्नु नपरेको बताए ।

जिल्लाको उत्तरी क्षेत्रमा खच्चडबाट हुने ढुवानी बन्द गरिएको र अत्यावश्यक बाहेकका सबै सवारीसाधनहरु चल्ल निषेध गरेको मन्त्रीलाई जानकारी गराएका छन् । र्यापिड डाइग्नोस्टिक टेस्ट गर्ने क्रममा सबै नतिजा नेगेटिभ देखिएको पौडेलको भनाई थियो । मन्त्री थापाले सुरक्षाकर्मीहरुको मनोबल उच्च हुने गरी प्रदेश सरकारले काम गरिरहेको बताए ।

गोरखा गृह जिल्ला घर भएका मन्त्री थापाले द वल्ड क्यापिटल विद्यालयमा निर्माण भएको आइसोलेशन कक्षको समेत अनुगमन गरेका थिए । अस्पतालमा आवश्यक पर्दा तत्काल प्रयोगका लागि १० थान पिपिइ सेट मन्त्री थापाले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट नवीन थापालाई हस्तान्तरण गरेका थिए ।