८ मंसिर २०८३, मंगलबार

नेकपा प्रवक्ता तथा सांसद श्रेष्ठले एक वर्षको तलब कोरोना राहत कोषमा दिने

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक राहत कोषमा दिने बताएका छन्।

प्रवक्ता श्रेष्ठले दुई महिनाको तलब कोरोना रोकथाम तथा नियन्त्रण कोषमा र बाँकी दश महिनाको विपन्न वर्ग केन्द्रीत राहत प्याकेजका लागि दिने बताएका हुन् । श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरबाट सहयोगको घोषणा गरेका हुन् ।

‘हामी अहिले कोभिड-१९ र उत्पन्न संकटको सामना गरिरहेका छौं। यसबेला एकतावद्ध भई आ-आफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी छ। ‘यस स्थितिमा मैले राष्ट्रियसभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गर्दछु।’उनले ट्वीटरमा लेखेका छन् ।