२९ आश्विन २०८३, बिहिबार

विश्वकप क्रिकेटमा भारतको सहज जित, आयरल्यान्ड ‍८ विकेटले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shikhar-Dhawan

काठमाडौं, २६ फागुन । विश्वकप क्रिकेट अन्तर्गत आजको खेलमा भारतले आयरल्यान्डलाई ‍८ विकेटले पराजित गर्दै सहज जित हात पारेको छ ।

अष्ट्रेलियाको ह्यामिल्टनमा भएको खेलमा आयरल्यान्डको २६० रनको लक्ष्य पछ्याएको भारतले ‍३६.५ ओभर खेल्दै २ विकेटको क्षतिमा पूरा गरेको हो ।

शिखर धवनको शतकमा गतिलो सुरुवात गरेको भारतका लागि रोहित शर्माले ६४ रन बनाए । धवन र शर्माले १ सय ७४ रनको साझेदारी गरे ।

धवनले शतक हान्दै पभिलियन फर्के । विश्वकपमा धवनको यो दोस्रो शतक हो । ८५ बलको सामना गरेका उनले ११ चौका र ५ छक्का हानेका थिए ।

भारतका उप-कप्तान विराट कोहलीले ४४ रन बनाए । अजिन्का रहानेले ३३ रन जोड्दा आयरल्यान्डले दिएको लक्ष्य भारतले पूरा गर्‍यो ।

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको आयरल्याण्डले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै २५९ रन बनाएको थियो ।

आयरल्याण्डका लागि विलियम पोर्टरफिल्ड सर्वाधिक ६७ रन बनाए । उनले ९३ बलको खेलमा ५ चौका र १ छक्का हाने । पल स्टर्लिङले ४२ रन बनाए । ओब्रायन ७५ रन बनाए ।

बाल्बेर्नी २४ रनमा आउट भएपछि आयरल्याण्डको व्याटिङ ओरालो लागेको थियो । भारतका मोहम्मद सामीले आयरल्याण्डका ३ विकेट लिए । आर अश्वीनले २ विकेट झारे ।