६ कार्तिक २०८३, शुक्रबार

काेराेनाका कारण दश प्रतिशत तेल उत्पादन घटाउने सहमति

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १ वैशाख । इन्धनको उत्पादन कम गर्न तेल उत्पादक देशहरुको समूह ओपेक तथा त्यसका साझेदाहरू सहमत भएका छन्।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि विश्वका अधिकांश क्षेत्रमा लकडाउन तथा सार्वजनिक गतिविधि बन्द हुँदा इन्धनको माग कम भएपछि विश्वव्यापी रुपमा उत्पादन १० प्रतिशतले घटाउने सहमति भएको हो ।

आइतबार भिडियो कन्फ्रेन्स मार्फत भएको छलफलमा यो सहमति जुटेको हो । तेल उत्पादनमा यति ठूलो मात्रामा कटौति गर्ने सहमति भएको यो पहिलो पटक हो ।

अप्रिल ९ देखि नै तेल उत्पादन कम गर्ने तयारी थियो, तर मेक्सिकोले सहमति नजनाउँदा लागु हुन सकेको थिएन।

ओपेकले तेल कटौति सम्बन्धी सहमति औपचारिक रुपमा घोषणा गर्न बाँकी छ । तर त्यसका सदस्य राष्ट्रहरुले भने सहमति जनाइसकेका छन् । योसँगै नियमित भन्दा अब दैनिक ९.७ मिलियन ब्यारेल तेलको उत्पादन कम हुनेछ ।