
काठमाडौं, ३० चैत । वीरगञ्जमा कोरोना संक्रमित तीन जना भारतीय भेटिएपछि उनिहरुसँग निकट रहेका २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
उनिहरुलाई छपकैयास्थित मस्जिदबाट नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको प्रहरीले जनाएको छ । वीरगञ्जबाट बिहिबार २४ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडामा पठाइएकोमा तीन जना बाहेक अरुको रिपोर्ट नेगेटिभ आएको थियो ।
रिपोर्ट नेगेटिभ आएका २१ जना र उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका तीन जना मुस्लिम धर्म गुरु र दुई जना स्थानीयलाई पनि क्वारेन्टाइनमा राखिएको हो । क्वारेन्टाइनमा पठाएका मध्ये ४ नेपाली र २२ भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
संक्रमितहरुलाई नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ ।











प्रतिक्रिया