
बेनी, ३० चैत । म्याग्दीमा शनिबार र्यापीड टेष्टबाट कोरोना परीक्षण गरिएका ३३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
परीक्षण गरिएकाहरुमा विदेशबाट स्वदेश आएका रहेका छन् । सबैमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।
जिल्लामा एक महिनायता भारत, खाडी, एशीयाली र युरोपका देशबाट करिब १४० जना भित्रिएको तथ्याङ्क छ ।
स्वास्थ्य मन्त्रालयमार्फत किट आएपछि बेनी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले परीक्षण सुरु गरेका हुन् ।











प्रतिक्रिया