८ मंसिर २०८३, मंगलबार

चट्याङ लागेर दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


खोटाङ, ३० चैत – केपीलासगढी गाउँपालिका–१, फेदी तोमानेमा शनिबार चट्याङ लागेर दुई जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा स्थानीय पर्खजित राईका १५ वर्षीय छोरा राजमनी राई र छिमेकी ३८ वर्षीय निर्मला बिक रहेका प्रहरीले जनाएको छ ।

शनिबार साँझ पर्खजितको घरमा परेको चट्याङले उनको छोरा राजमनी र निर्मलाको घट्नास्थलमै मृत्यु भएको हो ।

चट्याङबाट निर्मलाको १४ वर्षीय छोरी मनकला बिक र ६ वर्षीय छोरा आसन बिक घाइते भएका छन् ।