८ मंसिर २०८३, मंगलबार

नेपालमा रहेका तीन भारतीय नागरिकमा कोरोना पुष्टि, संक्रमित संख्या १२ पुग्यो

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेका छन् । पर्साबाट हेटौंडा प्रयोगशालामा लगिएका तीन जनाको नमूनामा पोजिटिभ देखिएपछि काठमाडौंस्थित टेकु अस्पतालमा लगिएको थियो ।

यहाँ पनि कोरोना संक्रमणको पुष्टि भएको विवरणहरु सार्वजनिक भएका छन् । यसअघि ९ जनामा संक्रमण पुष्टि भएको र एक जना उपचारपछि घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।

नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा आइसोलेशनमा रहेका तीनै जना भारतीय नागरिक भएको बताइएको छ ।