काठमाडाैं, ३० चैत। लकडाउनका कारण भारतमा रहेका नेपाली भोकभोकै पर्न थालेका छन् ।
रोजगारीको सिलसिलामा भारतमा रहेका नेपाली लकडाउनका कारण भोकै बस्न बाध्य भएका हुन् ।
भारतको उत्तराखण्ड राज्यको अल्मोडा जिल्लामा मजदुरी गर्ने ९० जना एउटा स्कुलमा बसेको चार दिनदेखि खाद्यान्न नभएका कारण भोकै रहेको दैलेख गुराँस गाउँपालिका– ७ का कर्ण थापाले बताए ।
नेपाल सरकारले गर्ने जुनसुकै निर्णय मान्न आफूहरू तयार रहेको तर सरकारले उद्धार गरेर नेपालमा लैजानुपर्ने शिवालय गाउँपालिका– ४ सल्यानका लालबहादुर रावतले बताएका छन् ।
भारतमा आफूहरू भोकै मर्न लागेको र खान–बस्नको समस्या भएको ढुंगेश्वर गाउँपालिका– १ दैलेखका उदय खत्रीले बताए । ‘भारत सरकारसँग राहत माग्न ६ दिन जाँदा पनि पाइएन,’ उनले भने, ‘हामीलाई नेपाल सरकारले नेपाल झिकाउनुपऱ्यो, आउन चाहन्छौँ । कि हामीलाई भारतमा खानाको व्यवस्थापन गर्नुपऱ्यो ।’











प्रतिक्रिया