८ मंसिर २०८३, मंगलबार

कोरोनासंग मिल्दो लक्षण देखिएपछि प्रहरी जवान आइसोलेसनमा भर्ना

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २९ चैत । बैतडीको झुलाघाटमा कार्यरत एक प्रहरी जवान आइसोलेसनमा भर्ना भएका छन् ।

कोरोनासंग मिल्दा जुल्दा लक्षण देखिएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको हो ।

३२ बर्षीय ती जवान सीमा नाकामा खटिएका हुनाले आइसोलेसनमा भर्ना गरिएको हो ।उनको अहिले स्वास्थ्य अवस्था समान्य रहेको छ ।

आइसोलेसनमा भर्ना गरिएका प्रहरी जवानको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएको छ ।