८ मंसिर २०८३, मंगलबार

बागलुङमा ९४ जनाको रिपोर्ट नेगेटिभ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाग्लुङ, २९ चैत । बागलुङमा कोरोना परीक्षण गरिएकामा ९४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोनाको दुई संक्रमित पुष्टि भएसँगै उच्च जोखिममा रहेको बागलुङमा ९४ जनामा द्रुत परीक्षण (र्‍यापिड टेष्ट) गरिएकोमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको हो ।

विभिन्न स्थानीय तहमा परिचालन गरिएको स्वास्थ्य प्राविधिक टोलीले जिल्लाको तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र बागलुङ नगरपालिकामा टेष्ट गरिएको हो ।

विदेशबाट आएका बागलुङ नगरपालिकाका २८ जना, बडिगाड गाउँपालिकाका ५९ जना र तमानखोला गाउँपालिकाका ७ जनाको टेष्ट गरिएकोमा सबैको नेगेटिभ रिपोर्ट आएको हो ।